नेपाल सरकार

वन तथा वातवरण मन्त्रालय

वनस्पति विभाग

वनस्पति अनुसन्धान केन्द्र

धनगढी, कैलाली

गंगा दत्त भट्ट

कार्यालय प्रमुख

गंगा दत्त भट्ट

(बरिष्ठ बैज्ञानिक अधिकृत)
9841261941
शुवेक्षा शर्मा

सूचना अधिकारी

शुवेक्षा शर्मा

(सहायक बैज्ञानिक अधिकृत)
9841687692
परिचय

क्षेत्रफलका हिसावले विश्व मानचित्रमा नेपाल सानो स्थान ओगटेको राष्ट्र भएतापनि भू–वनौट, हावापानी, तथा वानस्पतिक जैविक विविधतामा धनी र विशिष्ट स्थान ओगटेको छ । हामी हाम्रा जैविक विविधताको सहि ढंगबाट सदुपयोग गर्न सकेको खण्डमा मात्र प्राकृतिक स्रोतहरुमा धनी भएको सार्थकता सिद्ध हुनेमा दुईमत हुन सक्दैन । विश्वमा स्वस्थ्य उपचारका साथै सौन्द्रर्य सामाग्री उत्पादन गर्ने वहुराष्ट्रिय कम्पनीहरु जडीवुटी जन्य आर्युवेदिक उत्पादन प्रति अत्याधिक रुचि देखाउन थालेका छन् । त्यसमा पनि नेपालको हिमालय क्षेत्रमा पाईने शुद्ध जडिवुटी जन्य वनस्पतिको माग दिनानुदिन वढ्दै गएको छ । नेपालको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरु जलस्रोत, पर्यटन र कृषि क्षेत्रको मेरुदण्ड वन क्षेत्र हो । जनताको वन क्षेत्रमा आवश्यकता परिपुर्ति, पशु आहार, स्वास्थ्य रहन औषधिय वनस्पति तथा वातावरण सन्तुलनको लागी वन–वनस्पति अति आवश्यक छ । वन सम्पदाको संरक्षण, सम्वद्र्धन तथा समूचित सदुपयोगवाट देशको आर्थिक, समाजिक विकास गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुरयाउन एवं जनताको जीविकोपार्जनका अवसरहरु वढाउन सकिन्छ । वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग अन्तर्गतको यस वनस्पति अनुसन्धान केन्द्र, कैलालीले आफ्नो स्थापनाकाल देखि नै कैलाली जिल्ला तथा सुदुर पश्चिम प्रदेश क्षेत्रमा रहेका वनस्पति श्रोतको सर्भेक्षण, संकलन, पहिचान, व्यवस्थापन तथा उपयोगि वनस्पति स्रोतको सदुपयोगमा काम गर्दै आएको छ । यस कार्यालयले सिमित मानविय स्रोत साधनका वावजुद नेपाल सरकारले खेती प्रविधि अनुसन्धानका लागी प्राथमिकता प्राप्त तथा यस क्षेत्रका आर्थिक तथा व्यापारिक महत्वका जडिवुटि जन्य वनस्पतिको खेतिप्रविधि अनुसन्धान गर्ने काम कार्यालयले गरेको छ । यसका साथ साथै यस क्षेत्रका वनस्पतिको श्रोत सर्वेक्षण गरी सर्वसाधारणलाई ब्यापक रुपमा वनस्पतिको ज्ञानमा अभिवृद्धि गराउनुका साथै संरक्षणका लागी स्थानिय स्तरमा चेतना मुलक गोष्ठिहरु संचालन गर्ने गरेको छ । वनस्पतिहरुको दिगो प्रयोगका साथ साथै तिनको बजारका लागी मध्यस्तकर्ताको भुमिका खेल्ने काम वनस्पति अनुसन्धान केन्द्र, कैलालीले गरिरहेको छ । वनस्पति श्रोतहरुको सर्वेक्षणवाट वैज्ञानिक, आर्थिक एवं सामाजिक महत्वको वनस्पति पहिचान गरी तिनीहरुको संरक्षण तथा खेति प्रविधि अनुसन्धान गर्ने मूख्य जिम्मेवारीको साथसाथै खेति प्रविधि विकास भैसकेका बहुयउपयोगी वनस्पति तथा जडिबुटीको खेति विस्तार मार्फत समूदायको आय....


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
जडिबुटीको व्यवासायिक खेती विस्तार कार्यक्रमको लागि आवेदन माग सम्वन्धी सूचना
प्रकाशित मिति: 2078-08-25
जडिबुटीको व्यवासायिक खेती विस्तार कार्यक्रमको लागि आवेदन फारम(प्रस्तावपत्र)
प्रकाशित मिति: 2078-08-25
समुह /सहकारीहरुको छनौट एव सम्झौता गर्नआउने बारेको सूचना
प्रकाशित मिति: 2078-01-24
थप हेर्नुहोस्
डाउनलोडस्
शीर्षक डाउनलोड
image जडिबुटीको व्यावसायिक खेती कार्यविधि
image वनको पुनरोत्थान र समृद्धि (सन्दर्भः अन्तराष्ट्रिय वन दिवस २०७७)
image IPPF PFILM for Securing Nepals PAs Corridors
image 25 Years of Achievements on Biodiversity Conservation in Nepal
image Wildlife Stockpiles Management in Nepal
थप हेर्नुहोस्
थप हेर्नुहोस्
Facebook

© 2020 Copyright : वनस्पति अनुसन्धान केन्द्र, धनगढी, कैलाली
Last Updated: 2021/12/23
Developed By: Ninja Infosys Pvt. Ltd.